१ फाल्गुन २०८२, शुक्रबार

ओली र लेखकविरूद्ध दिएको जाहेरी जाँचबुझ आयोगले गर्यो प्रहरीमै फिर्ता


ओली र लेखक

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरी कार्यालयमै फर्किएको छ । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीहरूविरुद्धको जाहेरी प्रहरीमै फिर्ता गरिदिएको हो ।

गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकविरूद्ध परेको जाहेरी फिर्ता गरिदिएको छ। जाँचबुझ आयोगले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीबाट आयोगमा पठाइएको जाहेरी फिर्ता पठाइएको उल्लेख गरेको हो ।

भदौ २३ र २४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरी कारबाही अघि बढाउन माग गर्दै जेनजी पुस्ता आन्दोलनमा मृत्यु भएकाहरूका परिवारले जाहेरी दिएका थिए।

मृतक रसिक खतिवडाका बुवा पुरूषोत्तम खतिवडासहित ४ जनाले असोज २१ गते प्रहरीमा जाहेरी दिएपछि उक्त जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

आयोगले फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन भन्ने व्यहोरा विज्ञप्तिमा उल्लेख गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !