९ फाल्गुन २०८२, शनिबार

देशभर बाढी-पहिरोसहित विपद्को घटनामा परी ४९ जनाको मृत्यु


विपद्को घटना

काठमाडौँ । गत शुक्रबारदेखिको विपद्का घटनामा इलाममा ३७ जनासहित कुल ४९ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

यस्तै ७ जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यस्तै उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बाढी पहिरोमा परेका हुन् भने केहीको चाँही चट्याङ र दुर्घटनामा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !