काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा मिरज ढुंगानाले आगामी अक्टोबर ९ मा जेनजीहरूको तर्फबाट कुनै प्रदर्शन नरहेको बताएका छन् । सामाजिक संजालमा आज एक भिडियो सन्देश जारी गर्दै ढुंगानाले यस्तो बताएका हुन् ।
ढुंगानाले उक्त दिन प्रर्दशन रहेको भनेर सामाजिक सञ्जालमा सन्देश प्रावह भइरहेका बेला ढुंगानाले त्यस्तोमा जेनजीको सहभागिता नरहेको स्पष्ट पारेका हुन् । उनले प्राप्त भएको उपलब्धी अगाडि बढाउने र शान्ति कायम गर्दै अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत भदौ २३ गते भएको प्रदर्शनमा जेनजीहरु मुसो मार्न गएको तर बाघ मारेर ल्याएको टिप्पणी गरेका छन् । उनले माग पूरा नभए दबाब दिने हो र दबाब दिनेमा नै आफूहरूको ध्यान रहेको स्पष्ट पारेका छन् ।












