४ फाल्गुन २०८२, सोमबार

राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्न गृहमन्त्री अर्यालको निर्देशन


ओमप्रकाश अर्याल नवनियुक्त गृहमन्त्री अर्याल काठमाडौँ, ३० भदौः नवनियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल सोमबार मन्त्रालयमा पद बहालीपश्चात् मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दा

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन् ।

आज शुक्रबार सीआईबी कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिएका छन् । निरीक्षणपछि गृहमन्त्री अर्यालले संचारकर्मीसँग राजनीतिक दबाबका कारण रोकिएका फाइलहरू अघि बढ्ने र सबै फाइलको ‘ब्रेक थ्रू’ हुने बताए ।

शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । सीआईबी प्रमुखमा केही दिनअघि मात्रै सरकारले एआईजी मनोज केसीलाई ल्याएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !