९ फाल्गुन २०८२, शनिबार

रास्वपाले भन्यो -कारागार प्रशासनले पटकपटक फोन गरेपछि सभापतिको जिम्मा लिएका हौँ


रास्वपाको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारागार प्रशासनले पटकपटक फोन गरेपछि पार्टी सभापति रवि लामिछानेको जिम्मा लिएको दाबी गरेको छ । आज मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले यस्तो बताएकी हुन् ।

आज पार्टी केन्द्रीय समितिको बैठकपछि सहप्रवक्ता रावलले कारागार प्रशासनले नै सुरक्षा चुनौती देखिएको बताएपछि पार्टीका नेताहरूले सभापतिको जिम्मवारी लिएको दाबी गरेकी हुन् ।

कारागारले दिएको पत्रबारे उनले नक्खु कारागारको लेटरहेडमा आएको पत्रको जवाफदेहिता कारागारले नै लिनुपर्ने बताइन् । उनले कारागार प्रशासनले दिएको पत्रबारे कारागारले नै बोल्नुपर्ने उनले बताइन् ।

पार्टी प्रवक्ता मनिष झाले पनि पत्रका बारेमा प्रश्न उठेकाबारे आपत्ति जनाए । उक्त पत्रमा भएको केरकारबारे चर्चा भएपनि त्यहीँ भएको हस्ताक्षर र स्ट्याम्पबारे भने कसैले चर्चा नगरेकोमा आपत्ति जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !