४ फाल्गुन २०८२, सोमबार

नवनियुक्त चार मन्त्रीले लिए शपथ


नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषि मन्त्री डा. मदन परियारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार अपराह्न आयोजित समारोहमा शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले चार जना मन्त्रीहरू नियुक्त गरी शपथग्रहण गराएका हुन् । यसअघि प्रधानमन्त्री कार्कीसहित ३ जना मन्त्रीले शपथ लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !