काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वासित तिब्बती धर्मगुरु दलाई लामाका सभामुख खेन्पो सोनाम तेन्फेलले पनि शुभकामना दिएका छन् । जेन–जी आन्दोलनपछि नियुक्त अन्तरिम प्रधानमन्त्री कार्कीलाई तेन्फेलले पनि शुभकामना दिएका हुन् ।
दलाई लामाको निर्वासित प्रशासन केन्द्रीय तिब्बत प्रशासनको आधिकारिक वेबसाइटमा प्रकाशित शुभकामना सन्देशमा १७औँ निर्वासित तिब्बती संसद तथा विश्वभरका तिब्बतीको तर्फबाट नेपाली जनताको विश्वास बोकेर आएकी प्रधानमन्त्री भनिएको छ । शुभकामना सन्देशमा नेपाल र तिब्बतबीचको ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक सम्बन्धको समेत चर्चा गरिएको छ ।
आजै केन्द्रीय तिब्बती प्रशासनका प्रमुख (सिक्योङ) पेन्पा छिरिङले नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकोमा कार्कीलाई बधाई दिएका छन्। यसअघि दलाई लामाले पनि प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए । यसको भूराजनीतिक प्रभावबारे अहिले विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् ।












