९ फाल्गुन २०८२, शनिबार

राष्ट्रियसभा अध्यक्ष दाहालले भेटे प्रधानमन्त्री कार्कीलाई


राष्ट्रियसभा अध्यक्ष दाहालले भेटे प्रधानमन्त्री कार्कीलाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा राष्ट्रियसभाका अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूबीच छलफल भएको थियो ।

दाहालले राष्ट्रियसभाको काम–कारबाही, अवस्था र नयाँ बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताइन् । वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !