९ फाल्गुन २०८२, शनिबार

सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त


सविता भण्डारी

काठमाडौँ । सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा आजै स्वीकृत भएको थियो । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !