काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले दुई वटा इतिहास रचेकी छन् । कार्कीले नेपालको इतिहास रच्दै नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् भने यसअघि उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि भएकी थिइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई केही समयअघि अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।













