काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ सरकारको नेतृत्व लिन जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन् । जेनजी समूहको भर्चुअल बैठकमा कार्कीको नाममा सहमति जुटेको हो ।
आज बुधबार जेनजी समूहले गरेको भर्जुअल छलफलमा सहभागीमध्ये अधिकांशले पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिएका छन्।
यसअघि धेरै समूहमा बाँडिएका जेनजीको छलफलपछि कार्कीलाई आग्रह गर्ने समझदारी बनेको हो। उनीहरूको भर्चुअल छलफलहरूमा सुशीला कार्कीहरूलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गरिदिन पनि आग्रह गर्नुपर्ने आवाजहरू उठेका छन्।
भर्चुअल बैठकहरू विभिन्न समूहमा भइरहेको र ती छलफलमा सुशीला कार्कीबारे कुरा उठेको थियो । अहिलको परिस्थितिमा निष्ठावान, निर्भिक र सर्वस्वीकार्य व्यक्ति सुशीला कार्की नै हुने छलफलमा सहभागी जेनजीहरूले बताएका छन्।
गैरराजनीतिक, स्वतन्त्र र प्रभावशाली व्यक्तिको जसले राष्ट्रपति, प्रधानसेनापति र अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफलमा गर्न सक्ने व्यक्तिको हिसाबले कार्कीलाई रोजिएको भनिएको छ।












