९ फाल्गुन २०८२, शनिबार

काठमाडौंका सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह


सडकमा सेना

काठमाडौं । नेपाली सेना आज बिहानैदेखि सडकमा उत्रिएको छ । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ ।

जेनजीको प्रदर्शन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि नेपाली सेना बिहानैदेखि काठमाडौंका सडकमा उत्रिएको हो ।

हिजो मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

प्रधानसेनापति अशोकराज सिक्देलले मंगलबार साँझ सम्बोधन गर्दै राति १० बजेबाट नेपाली सेनासहित सुरक्षा निकायले सुरक्षाको जिम्मेवारी लिएको बताएका थिए ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिरहेको छ ।

प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालतलगायत सरकारी संरचना र नेताका घरमा तोडफोड र आगजनी गरेपछि सेनाले सुरक्षाको अगुवाइ गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !