काठमाडौँ । अराजक गतिविधि रोक्न नेपाली सेना परिचालन भएको छ । आज मंगलबार राती १० बजेदेखि नेपाली सेना देशभर परिचालन भएको छ ।
देशमा शान्ति, सुरक्षा कायम गर्न सेनाको टोली ठाउँठाउँमा परिचालन भएको हो । यसअघि दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको थियो ।
सेनाले राति १० बजेदेखि शान्ति, सुरक्षा कायम गर्न र नेपाली जनताको रक्षाका लागि खटिने जानकारी केही समयअघि विज्ञप्तिमार्फत दिएको थियो। सोमबारको आन्दोलनमा डेढ दर्जन बढी युवाहरूको ज्यान गएपछि आज आन्दोलन थप चर्किएको हो।
उक्त आन्दोलनमा शीर्ष नेताहरूको घरदेखि विभिन्न संवैधानिक निकाय, सरकारी कार्यालय, निजी व्यावसायिक भवनहरूसम्म आगजनी र लुटपाट भएको छ।













