काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत जेनजी समूहलाई वार्तामा बोलाएका छन् । उनले आज राती एक भिडियो सन्देशमा जारी गर्दै यस्तो वार्ताका लागि अनुरोध गरेका हुन् ।
“वर्तमान असहज परिस्थितिलाई सामान्य बनाउँदै आम नागरिक, कूटनीतिक नियोग र जनतालाई सुरक्षाका दिनु हामी सबैको साझा कर्तव्य हो,” उनले भनेका छन् ।













