काठमाडौं । नेपाली सेनाले जेनजी प्रदर्शनकारीलाई संयमित रहन अनुरोध गरेको छ । नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको हो ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको बताएको छ ।
सार्वजनिक अनुरोधमार्फ्त सेनाले नेपालमा हाल भइरहेको “जेनजी” आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको जनाएको छ ।
जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै मृतक प्रति श्रद्धातञ्जली, शोक सन्तप्त परिवारजनमा समवेदना र सहानुभूति सँगै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।














