७ फाल्गुन २०८२, बिहिबार

जेनजीलाई संवादमा आउन राष्ट्रपति पौडेलको अपिल


रामचन्द्र पौडेल राष्ट्रपति रामचन्द्र पौडेल नेपाल भौगर्भिक समाजले काठमाडौँमा सोमबार आयोजना गरेको ११औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् । विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपति पौडेलले अनुरोध गरेका छन्।

राष्ट्रपति पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन् । आज मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका छन्।

राष्ट्रपतिले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !