काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगो लगाएका छन् । सञ्चारमन्त्री गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
गुरुङको निवासमा पुगेका आन्दोलनकारीले सुरुमा ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए । ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङको घरमा लागेको आगो नियन्त्रणको प्रयास भएको जानकारी दिए ।













