काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जेनजीले गरेको हिजोको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै राजीनामा दिएका छन् ।
देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्ध जस्तो व्यवहार गरिएको भन्दै जवाफ खोज्नुपर्ने बताएका छन् । लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या भएको उनले लेखेका छन् ।












