९ फाल्गुन २०८२, शनिबार

रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’को माग


रास्वपाको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ । आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र ‘अर्ली इलेक्सन’को माग गरेको हो ।

रास्वपाले जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।

अर्को शब्दमा भन्नुपर्दा रास्वपाले सरकारको बर्खास्ती र ताजा जनादेशको माग गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै यस्तो माग रहेको बताएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !