९ फाल्गुन २०८२, शनिबार

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड


बालकृष्ण खाण फाइल फोटो

बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा तोडफोड भएको छ । ‘जेनजी’ प्रदर्शनकारीको एक समूहले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४ मणिग्रामस्थित खाँणको घरमा तोडफोड गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले घरमा तोडफोडको जानकारी आएको बताए । यस्तै प्रदर्शनकारीले भैरहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालय, बुटवल र कोटिहवास्थित एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रसम्म कर्फ्यु लागू गरिएको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !