काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रिय पार्टी कार्यालय घेर्न हिडेका जेनजी प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ । ललितपुरको च्यासलनजिक आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको हो ।
आज सोमबार जेनजी पुस्ताको आन्दोलनका क्रममा एमालेको पार्टी कार्यालयनजिक प्रदर्शनकारी पुगेको हो । हाल आन्दोलनकारी एमाले कार्यालय घेर्ने प्रयासमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोटको घर घेर्न हिँडेका प्रदर्शनकारीहरु मनोहरा पुलबाट फर्काइएका छन् । प्रधानमन्त्री निवास घेर्ने लक्ष्यका साथ त्यसतर्फ अगाडि बढेको जेन जी आन्दोलनकारी मनोहरा पुलबाट फर्काइएका छन् ।
यस्तै प्रधानमन्त्री ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ । प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ । हाल दमकको अवस्था तनावपूर्ण छ ।













