९ फाल्गुन २०८२, शनिबार

जेनजी आन्दोलन : मृत्यु हुने प्रदर्शनकारीको संख्या ८ पुग्यो


जेनजी आन्दोलन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले मृत्यु भएको हो ।

काठमाडौँको ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका ५ जना प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना प्रदर्शनकारीको मृत्यु भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो । घटनास्थलमै प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो ।

यसअघि एकजनाको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । योसँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ८ पुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !