काठमाडौं । जेनजीको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी भएसँगै नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यूका बाबजुद आन्दोलनकारीले प्रदर्शन गरिरहेपछि स्थितिलाई नियन्त्रण लिन सरकारले नेपाली सेना परिचालन गरेको हो ।
काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएपछि सेनाको टोली अहिले बानेश्वर क्षेत्रमा पुगेको हो । बानेश्वरमा रहेको संसद् भवन परिसरमा प्रदर्शनकारी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यु आदेश जारीलगत्तै नेपाली सेनाको टोली बानेश्वर क्षेत्रमा पुगेको हो । उनीहरूको अवरोधका कारण सेना अघि बढ्न सकेको छैन । प्रहरीले आन्दोलन तितरबितर पार्न रबरको बुलेट हानेको छ ।













