९ फाल्गुन २०८२, शनिबार

जेनजी प्रदर्शनमा प्रहरीले चलायो गोली


काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

नयाँ वानेश्वरस्थित संघीय संसद भवनको दुई नम्बर गेटमागेट नजिकै जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए ।

अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले घुँडामुनि रबरको बुलेट हानेको छ । अहिले सो क्षेत्रका कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन भने जारी छ ।अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !