९ फाल्गुन २०८२, शनिबार

काठमाडौँको यी क्षेत्रमा दिउँसो १२ः३० बजेदेखि कर्फ्यु जारी


काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

जेनजीहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको हो । संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

प्रदर्शनकारीर्लाइ रोक्न प्रहरीले अश्रुग्यास र हवाइफायर प्रहार गरिरहेको छ । अवस्था तनावपूर्ण भएपछि अहिले कर्फ्यु आदेश जारी भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !