९ फाल्गुन २०८२, शनिबार

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी


प्रहरीको घेरा तोड्दै पर्खाल नाघेर संसद् भवनभित्र छिरे जेनजी

काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेनजीहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गरेको हो ।

संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका हुन् । दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो

प्रदर्शनकारीर्लाइ रोक्न प्रहरीले अश्रुग्यास र हवाइफायर प्रहार गरिरहेको छ । अवस्था तनावपूर्ण भएपछि अहिले कर्फ्यु आदेश जारी भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !