४ फाल्गुन २०८२, सोमबार

नयाँ बानेश्वरमा जेनजीको प्रदर्शन: प्रहरीले हान्यो अश्रुग्यास


काठमाडौँ । भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनजीले गरेको प्रदर्शनमा काठमाडौंमा प्रहरीले अश्रुग्यास हानेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

निषेधाज्ञा तोडेर नयाँ बानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ ।

आज बिहान ९ बजेदेखि माइतीघरबाट सुरु भएको प्रदर्शनमा बानेश्वरमा पुगेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्यास हानेको हो। जेनजीले आज देशैभर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

पछिल्लो समय सरकारले सामाजिक सञ्जालहरु नै बन्द गरेपछि जेनजी आक्रोशित थियो। उनीहरुले योसँगै भ्रष्टाचारविरुद्ध भन्दै सामाजिक सञ्जालबाटै विरोध प्रदर्शनको आयोजना गरेका हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !