काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भएका छन् ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले आज एक समयअघि जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो २–४ बजेसम्म दिएको समावधिमा खतिवडाको एकल उमेदवारी परेको हो ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त भएपछि खतिवडाले उम्मेदवारी दिएका हुन् ।
निजामती विधेयकमा कुलिङ अफ पिरियड प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनपछि खतिवडाले राज्यव्यवस्था समिति सभापतिबाट राजीनामा दिएका थिए ।












