५ फाल्गुन २०८२, मंगलबार

विद्या भण्डारीको राजनीतिमा पुनरागमनको ढोका मैले खोलिदिएको हुँ : प्रचण्ड


प्रचण्ड फाइल फोटो

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउने पुनरागमनको ढोका आफूले खोलिदिएको दावी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका हुन् ।

आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई राजनीतिमा ल्याएपछि भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको प्रचण्डको जिकिर गरेका छन् । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने बताए ।

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानको औचित्य समाप्त भएको नहुने स्पष्ट पारे । उनले अन्तर्राष्ट्रिय उदाहरण दिँदै विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने गरेको बताए ।

उनले राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने भएकाले उनीहरूको कार्यकाल सकिएपछि फिर्ता लिन कुनै समस्या नहुने बताए । यस सन्दर्भमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको र सक्रिय राजनीतिमा फर्कन चाहेको कुरा अब छर्लङ्ग भएको उनले उल्लेख गरे ।

चीन भ्रमणपछि विद्यालाई अध्यक्ष बनाउने कुरा पनि पहिले चलेको तर पछि के भयो भन्ने आफूलाई थाहा नभएको प्रचण्डको भनाइ थियो। उनले विद्या भण्डारीको “प्लान बी” भन्ने कुरा हल्ला मात्र भएको र आफू र भण्डारीवीच अहिले कुनै सम्पर्क नरहेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !