३ फाल्गुन २०८२, आइतबार

रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी


रवि लामिछाने फाइल फोटो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो ।

लामिछानेले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएपछि रवि उच्च अदालत पुगेका हुन् ।

लामिछानेको निवेदन न्यायाधीश सागर विष्टको इजलासमा परेको थियो । सहकारी ठगी र संगठित अपराधमा धरौटी माग्ने रविको निवेदन बुधबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्टको इजलासमा परेको हो । केहीबेरमा अदालतले लामिछानेको निवेदनका सम्बन्धमा आवश्यक आदेश दिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !