९ फाल्गुन २०८२, शनिबार

नेपालको सहमतिबिना लिपुलेक व्यापार सम्झौता भएकोमा नेसपा(नयाँ शक्ति)को आपत्ति


डा. बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)ले भारत र चीनबिच भदौ ३ गते नेपालको पूर्वसहमतिबीना लिपुलेक नाका व्यापार प्रयोजनका लागि सञ्चालन गर्ने सम्झौताको आपत्ति जनाएको छ । शुक्रबार नयाँ शक्तिले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिबाटै लिपुलेकलाई भारत–चीन व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने प्रयास भएको, जसको तत्कालीन समयमा नेपाल सरकारले कूटनीतिक असहमति प्रकट गर्दै दुवै मुलुकलाई सच्याउन औपचारिक नोट पठाएको तर दुःखको कुरा, नेपालको यस विषयमा स्पष्ट आपत्ति हुँदाहुँदै पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्‍याउनु, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गम्भीर उपेक्षा र अपमान भएको बताएको छ ।

नयाँ शक्तिले यो एकपक्षीय कदमलाई अस्वीकार गर्ने र यसलाई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्बका रूपमा हेरेको विज्ञप्तिमा लेखिएको छ । यससँगै नेपाल सरकारको कूटनीतिक सक्रियता र दृढतामा देखिएको कमजोरीले पनि सीमा र राष्ट्रिय हितको संवेदनशील प्रश्नलाई अझ जटिल बनाएको हाम्रो ठहर गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !