९ फाल्गुन २०८२, शनिबार

माओवादी र रास्वपाको विरोधका बाबजुत भूमिसम्बन्धी विधेयक समितिबाट पारित


कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

ठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक बहुमतले पारित गरिएको छ । आज बिहीबार नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधका बाबजुत भूमिसम्बन्धी विधेयक समितिबाट पारित भएको हो ।

नेकपा (माओवादी केन्द्र)का सांसदले फरक मत लेख्ने भन्दै भोलि शुक्रबारसम्मको समय मागेका थिए । यद्यपि समितिबाट विधेयक पारित गरिएपछि फरक मत नराखी माओवादी सांसदहरू बाहिरिए ।

माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पनि असहमतिसहित बैठकबाट बाहिरिएका छन् । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संशोधन प्रस्ताव सरकारले स्वीकार गरेपछि विधेयक पारित गरिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !