फाइल फोटो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् ।
आज बुधबार बेलुकी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रास्वपाका सभापति लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका हुन् । भिटामिन ‘डी’ को कमीका कारण अस्वस्थ देखिएका लामिछानेलाई भेट्न प्रचण्ड गएका हुन् ।
लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको र अहिले स्वास्थ्य पनि बिग्रिएका कारण भेट्न पुगेको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । प्रचण्डले रविलाई स्वास्थ्यलाभको कामना गर्दै राजनीतिक प्रतिशोधविरुद्ध आवाज उठाउने आश्वासन दिने बताइएको छ ।
राजनीतिक सदाशयता देखाएर रविलाई भेट्न प्रचण्ड कारागार गएकोमा रास्वपाले आभार प्रकट गरेको समेत गरेको छ । पार्टीको तर्फबाट आभार व्यक्त गर्न कार्यवाहक सभापति डोलप्रसाद अर्याल लगायत नेताहरू पनि नख्खु कारागार पुगेका छन् ।












