२ फाल्गुन २०८२, शनिबार

रवि लामिछानेलाई नख्खु कारागार पुर्याइयो


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्याइएको छ । रास्वपाका सभापति लामिछानेलाई आज बुद्ध एयरको विमानमार्फत भैरहवाबाट काठमाडौँ ल्याइएको हो ।

आज शनिबार बेलुका करिब साढे ५ बजे लामिछानेलाई बुद्ध एयरको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गरिएको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै ललितपुरस्थित नक्खु कारागार लागिएको हो ।

उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू पुगेका छन् । उनीहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् । यद्यपि लामिछानेका समर्थकलाई छल्दै प्रहरीले आयल निगमबाट निकालेर नख्खु कारागार लगिएको हो ।

लामिछानेलाई नक्खु कारागारमा पुर्याउनुअघि नै सो आसपास क्षेत्रमा उनी समर्थकको भीड बढेको थियो । पार्टीका नेता–कार्यकर्ता र सांसद पनि त्यहाँ पुगेका थिए । सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

कारागार व्यवस्थापन विभागले उनलाई नक्खु ल्याउने निर्णय गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !