फाइल फोटो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट सरुवा गरेर काठमाडौं ल्याउन लागिएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।
लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।
उनलाई आजै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागार लान लागिएको हो । रविले कारागार सरुवाका लागि दिएको निवेदनका आधारमा प्रशासनले निर्णय गरेर उनलाई नख्खु कारागार ल्याउन लागेको हो ।
लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकिता पनि एयरपाेर्ट जाने तयारी छ भने समर्थकहरू एयरपोर्ट जाँदै छन्। लामिछाने गत चैत २५ गतेदेखि उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही कारागारमा छन् ।












