१ फाल्गुन २०८२, शुक्रबार

राष्ट्रिय पुँजीको संरक्षण लागि पार्टीले निरन्तर सङ्घर्षरत गरिरहेको छः अध्यक्ष प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षण लागि आफ्नो पार्टी निरन्तर सङ्घर्षरत रहिरहने बताएका छन् ।

उनले राष्ट्रिय पुँजीको संरक्षण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । आज प्रविधि र उद्यमशिलतामा सक्रिय युवालाई आफ्मो पार्टीमा स्वागत गर्दै उनले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

पार्टीमा प्रवेशी युवालाई आगामी दिनमा पार्टीको नीतिगत तथा सङ्गठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशिलतामा लाग्न आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु