काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका छन् । उनले बुधबार सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
हिजो मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र नै बुझाएका हुन् ।
निजामती विधेयकको कुलिङ पिरियड गडबडीबारे संसदीय विशेष छानबिन समितिको प्रतिवेदन आएको एक सातापछि खतिवडाले मंगलबार प्रतिधिसभामा राजीनामा घोषणा गरेका थिए ।












