फाइल फोटो
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देही आज साँझ लामिछानेलाई थुनामै पठाउने अदालतको आदेश जारी गरेको हो ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले साउन १९ गते आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।
लामिछानेले उक्त मुद्दामा बिगो सकारेर साधारण तारिख माग गर्दै दायर निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको हो । लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा छन् ।













