४ फाल्गुन २०८२, सोमबार

संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरियो जनमत पार्टी


डा. सिके राउत

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टी तराई मधेसकेन्द्रित सात दलीय संघीय लोकतान्त्रिक मोर्चाबाट बाहिरिएको छ । मधेश केन्द्रित ७ दलीय संघीय लोकतान्त्रिक मोर्चाको चुनावी गठबन्धनबाट जनमत पार्टी आज बाहिरिएको हो ।

सरकारसँगका माग, संघर्ष र मुद्दाहरूमा मोर्चामा सँगै रहने तर चुनावी गठबन्धनबाट अलग हुने भएको हो । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार पार्टीले रुपन्देहीको उपनिर्वाचनका लागि आफ्नै उम्मेदवार उठाउने भएको हो ।

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा जनमत पार्टीले आफ्नै उम्मेदवार उठाउने भएको हो । यसअघि मोर्चाको बैठकले रुपन्देही ३ उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेवार बनाउने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !