५ फाल्गुन २०८२, मंगलबार

मधेसका प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पुर्पक्षका लागि थुनामा


राजेश अहिराज

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (राजेश अहिराज) पुर्पक्षका लागि थुनामा पठाइएका छन् । आज बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । ती महिलाले आफूलाई २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो ।

गत साउन ४ गते पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !