६ फाल्गुन २०८२, बुधबार

बागमती प्रदेशका मुख्यमन्त्री लामाले गरे तीन मन्त्री नियुक्त


बहादुरसिंह लामा तामाङ

हेटौडा । बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारमा तीन मन्त्री नियुक्त गरेका हुन् ।

नियुक्त भएका ती मन्त्रीहरुमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ रहेका छन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ र गुरूङको भने जिम्मेवारी तोकिन बाँकी छ।

बागमतीमा कांग्रेसका चार मन्त्रीहरू; आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले साउन ९ गते राजीनामा दिएका थिए।

त्यसको भोलिपल्ट मुख्यमन्त्रीले राजीनामा स्वीकृत नगरी उनीहरूलाई बर्खास्त गरेका थिए। राजीनामा दिएका चार मन्त्रीसहित २१ सांसदले संसदीय दल नेताबाट बहादुर सिं लामालाई हटाउन हस्ताक्षर गरेका थिए।

मन्त्रीहरूले दिएको राजीनामा आफूसमक्ष आइनपुगेको र दल नेतालाई नै हटाउन हस्ताक्षर गरेको भनेर मुख्यमन्त्री लामाले उनीहरूलाई पदमुक्त गरेको दाबी गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !