४ फाल्गुन २०८२, सोमबार

अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन कांग्रेस सांसद पन्तको माग


कमला पन्त र प्रेमकुमार राई

काठमाडौं । नेपाली काँग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन समेत माग गरेकी हुन् ।

कांग्रेसकी सांसद पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी हुन् । राज्यका प्रमुख अङ्गहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

उनले राजनीतिक दलहरूबिचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबिच समेत विश्वासको संकट बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन् । उनले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरूले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाइन् ।

सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरु समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रिपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरिन् ।

यो पनि पढ्नुहोस्

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !