५ फाल्गुन २०८२, मंगलबार

जलवायु न्यायका निम्ति नेपाललाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक : उपसभामुख राना


इन्दिरा राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् ।

चीनको हेनान प्रान्तमा सांघाई सहयोग मञ्चले आयोजना गरेको कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उपसभामुख रानाले जलवायु परिर्वतनका लागि योगदान नगरे पनि त्यसको प्रत्यक्ष असर भोगेको नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको धारणा राखेकी हुन् ।

‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गर्दै उपसभामुख रानाले हिमाली राष्ट्रको रूपमा नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको चर्चा हिमनदीहरू पग्लिरहेको बताइन् । छिटोछिटो मौसमको परिवर्तनका असरले हिमाली र ग्रामिण क्षेत्रका नागरिकमा त्यसको प्रत्यक्ष प्रभाव परेको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !