२ फाल्गुन २०८२, शनिबार

मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो : विद्यादेवी भण्डारी


विद्यादेवी भण्डारी

काठमाडौं । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् ।

आज आइतबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीसँग भएको भेटवार्तापछि भण्डारीले सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले पार्टीको सदस्यता नवीकरण भइसकेको बताएकी हुन् ।

ओलीसँगको भेटवार्ताका क्रममा आफूले राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी गरेको उनले बताइन् । ‘उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो,’ भण्डारीले भनिन्, ‘मैले पहिल्यै नवीकरण गरेको छु । बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ ।’

अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच एमाले मुख्यालय च्यासलमा करिब २ घण्टा एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए ।

हिजो शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको बताएका थिए । उनले भनेका थिए, “उहाँको सदस्यता पेन्डिङमा छ अर्थात् जहाँ जस्तो अवस्थामा छ स्थगन अवस्थामा छ ।”

यो पनि पढ्नुहोस्

राष्ट्रिय राजनीतिमा मात्रै कुराकानी भयो : विद्या भण्डारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु