३ फाल्गुन २०८२, आइतबार

सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गर्न एमाले सांसदकै माग


किरणकुमार साह

काठमाडौं । नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

आज सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद साहले संघीय मन्त्री गुप्तालाई पदबाट हटाउन माग गरेका छन् । उनले मन्त्री घुस डिलमा मुछिएको अडियो सार्वजनिक हुँदा सरकार किन मौन छ भनी प्रश्न गरे ।

दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनले बताए । उनले मन्त्री गुप्तालाई बर्खास्त गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !