२ फाल्गुन २०८२, शनिबार

गभर्नरविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


डा. विश्व पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले आज गभर्नर विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले मुद्दालाई अग्राधिकार प्रदान गरेको छ । इजलासले मुद्दालाइ प्राथमिकतामा राख्दै अग्राधिकार दिन आदेश गरेको छ ।

अधिवक्ताहरू अनन्त लुइटेल, प्रतिभा उप्रेती, विशाल थापा र नवीन धिताल, रामप्रसाद गौतमसहितको रिटमा सर्वोच्चले अन्तरिम आदेश नहुने आदेश गरेको हो । निवेदकका तर्फबाट अधिवक्ताहरू लुइटेल, उप्रेती, थापाले बहस गरेका थिए ।

गर्भनरका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, उपेन्द्रकेसरी न्यौपाने, ललित बस्नेतसहितले बहस गरेका थिए । गभर्नर पौडेलको अध्ययन र गभर्नर बन्न आवश्यक योग्यता नमिलेको दाबी रिटमा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु