नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक
लतितपुर, २३ असार:
नेपाली कांग्रेस पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी सभापति शेबरहादुर देउवा । तस्बिर : गोपाल दाहाल/रासस काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । काँग्रेसले आज संविधान संशोधनको खाका तयार पार्न पार्टीभित्र कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
पार्टीको गत असार १६ गतेदेखि जारी केन्द्रीय समितिको बैठकबाट कार्यदल गठन गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ ।
१६ असारदेखि सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन: प्रतिबद्धता सहितको निर्णय गरेको छ ।
सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख थियो ।












