२ फाल्गुन २०८२, शनिबार

रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा


रामहरी खतिवडा र मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।

निजामती विधेयकमा राखिएको कुलिङ पिरियडमा किर्ते भएको भन्दै रास्वपाले सभापति खतिवडाको राजीनामा मागेको हो । कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन पनि रास्वापाले खतिवडालाई आग्रह गरेको छ ।

रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा नै मागेका छन् । रास्वपाका प्रवक्ता झाले पढ्दै नपढी विधेयक पारित गर्ने सांसदहरूप्रति समेत कटाक्ष गरेका छन् ।

झाले सामाजिक संजाल एक्समा लेखेका छन्, ‘राज्य व्यवस्था समितिका सभापति ज्यू ! RamhariKhatiwa निजामती बिधेयकमा, तपाईले सङ्घीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो? की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्। र, पढ्दै नपढेर “हुन्छ” “हुँदैन” भन्नेहरूलाई “कुरी कुरी”

यस्तै विधेयकमा किर्ते गरेर कुलिङ पिरियड हटाउने शब्द घुसाएको भन्दै यसको नैतिक जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने समितिका सांसदहरूको भनाइ छ । समितिको बैठक बिहान ८ बजेलाई बोलाइएतापनि कुलिङ पिरियडको विषय आएपछि सांसदहरूले यसको छिनोफानो नभएसम्म बैठक अघि बढ्न नसक्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !