काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी विरोधले प्रनिनिधिसभा बैठकमा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको हो ।
आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरेतापनि उनीहरु बैठकबाट बाहिएका हुन् ।
यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो । बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ उनीहरु बाहिरिएका थिए ।सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।













