३ फाल्गुन २०८२, आइतबार

दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो ।

प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश भएको हो । प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।

तर अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्ने आदेश भएको हो । गत चैत १५ मा तीनकुनेमा राजावादी आन्दोलनका क्रममा घटेका घटनाका विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !